सुन्दा सानो तर असाधारण महत्वको काम धामी–बिजुवा, माङ्पा, फेदाङ्मा

सुन्दा सानो तर असाधारण महत्वको काम धामी–बिजुवा, माङ्पा, फेदाङ्मा

सुन्दा सानो तर असाधारण महत्वको काम धामीबिजुवा, माङ्पा, फेदाङ्मा

साथीहरू,
हामी अहिले सुन्दा सामान्य लाग्ने, तर वास्तविक जीवनमा हाम्रो समुदायका लागि अत्यन्तै महत्वपूर्ण अभियानमा अघि बढिरहेका छौँ। यस यात्रामा तपाईंहरूको साथ सहयोग नै हाम्रो शक्ति हो।

आजकल हाम्रो समुदायभित्र धर्म परिवर्तन भयो भन्दै आलोचना गर्ने आवाजहरू उठिरहेका छन्। तर के हामीले भित्री यथार्थ बुझ्ने प्रयास गरेका छौँ? हाम्रो संस्कृतिमा बाध्यता पनि उत्तिकै छन्, जसलाई हामी सजिलै बेवास्ता गर्न सक्दैनौँ।

हामी किराँत समुदायका सन्तानका लागि धामीबिजुवा, माङ्पा, फेदाङ्मा बिना जन्मदेखि मृत्यु सम्मका कुनै पनि संस्कार पूरा हुँदैनन्। तर अहिले यस्ता धामीबिजुवा वा माग्मा सजिलै भेट्टाउन असाध्यै गाह्रो भइसकेको छ।

यही अभाव पूरा गर्न हामीले Kiratbook.com लाई नयाँ स्वरूपमा विकास गर्दैछौँ।
अब यो प्लेटफर्म केवल पुस्तक प्रकाशन वितरणमा मात्र सीमित हुने छैन, यसलाई हामीले मिनी बिजनेस डाइरेक्टरी को रूपमा पनि अघि बढाइरहेका छौँ।

👉 यस डाइरेक्टरीमा संसारभर रहेका धामीबिजुवा, माङ्पा फेदाङ्मा हरूको सम्पर्क विवरण एउटै ठाउँमा राखिनेछ, ताकि हाम्रो समुदायका सदस्यहरूले आवश्यक परेको बेला सजिलै सेवा पाउन सकून्।

👉 यदि तपाईंको सम्पर्कमा यस्ता धामीबिजुवा वा माग्मा हुनुहुन्छ भने, कृपया उहाँहरूको नाम, सम्पर्क विवरण, उहाँहरूले दिने सेवाबारे जानकारी हामीलाई उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

👉 साथै, तपाईंहरूको क्षेत्रमा प्राकृतिक वा परापूर्वकालीन उपचार गर्ने healer हरू हुनुहुन्छ भने, उहाँहरूको विवरण पनि हाम्रो kiratbook.com  Business Directory मा समेट्न सकिन्छ।

साथीहरू,
यो काम सुन्दा सानो लाग्न सक्छ, तर वास्तवमै यो हाम्रो मौलिक संस्कार, हाम्रो पहिचान, हाम्रो जरा जोगाउने एक जीवन्त प्रयास हो। हामी सबै मिलेर अघि बढ्यौँ भने, यो अभियानले हाम्रो भविष्यलाई अझ बलियो गौरवमय बनाउन सक्छ।

 

 

Back to blog

Leave a comment