
देश-सम्मानमा !
Share
ज्यान पो रोगी भएको हो त !
मन-मस्तिष्क त शतप्रतिशत रोगी छैन
त्यसो हुनाले यी हरफहरू
देश-सम्मानमा !
देश बिग्रियो भन्छौँ सबै
सपार्ने साहस गरौँ न
लोभ र लालच स्वार्थलाई
नकार्ने साहस गरौँ न
सुधार्नु पर्ने देश हो कि मान्छेले आफ्नो आचरण
उधार्नु पर्ने दोष हो कि दम्भको ओढ्नू आवरण
देश सिद्धियो भन्छौँ सबै
ब्युँझने साहस गरौँ न
लोभ र लालच स्वार्थलाई
नकार्ने साहस गरौँ न
उठाउनु पर्ने देश हो कि मान्छेले आफ्नो महल हो
छुटाउनु पर्ने दोष हो कि अँध्यारो पोख्ने पहल हो
देश रित्तियो भन्छौँ सबै
फर्कने साहस गरौँ न
लोभ र लालच स्वार्थलाई
नकार्ने साहस गरौँ न ।
टीका चाम्लिङ
रचनाकाल: १६ भदौ, २०८२ भक्तपुर ।