धनकुटा जिल्लाभरिका माङ्पाहरुको सम्पर्क विवरण

यहाँ धनकुटा  जिल्लाभरिका माङ्पाहरुको सम्पर्क विवरण राखिनेछ।
यदि तपाईंसँग माङ्पाहरुको सम्पर्क विवरण भने, उहाँहरूले दिने सेवासहितको विवरण उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ

हामी किराँत समुदायका सन्तानका लागि धामीबिजुवा, माङ्पा, फेदाङ्मा बिना जन्मदेखि मृत्यु सम्मका कुनै पनि संस्कार पूरा हुँदैनन्। तर अहिले यस्ताधामीबिजुवा वा माग्मा सजिलै भेट्टाउन असाध्यै गाह्रो भइसकेको छ।

यही अभाव पूरा गर्न हामीले Kiratbook.com लाई नयाँ स्वरूपमा विकास गर्दैछौँ।
अब यो प्लेटफर्म केवल पुस्तक प्रकाशन वितरणमा मात्र सीमित हुने छैन, यसलाई हामीले मिनी बिजनेस डाइरेक्टरी को रूपमा पनि अघि बढाइरहेकाछौँ।

👉 यस डाइरेक्टरीमा संसारभर रहेका धामीबिजुवा, माङ्पा फेदाङ्मा हरूको सम्पर्क विवरण एउटै ठाउँमा राखिनेछ, ताकि हाम्रो समुदायकासदस्यहरूले आवश्यक परेको बेला सजिलै सेवा पाउन सकून्।

👉 यदि तपाईंको सम्पर्कमा यस्ता धामीबिजुवा वा माग्मा हुनुहुन्छ भने, कृपया उहाँहरूको नाम, सम्पर्क विवरण, उहाँहरूले दिने सेवाबारे जानकारीहामीलाई उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।